दफा २३
पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था
(१) सार्वजनिक पद धारण गरेकोव्यक्तिले आफु पदमा बहाल रहँदा वा जुनसुकै कारणले अवकाश प्राप्त गरेको मितिलेतोकिए बमोजिमको अवधिसम्मका लागि तोकिए बमोजिमको पदीय वा पेशागतआचरण पालना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पालना गर्नु पर्ने पदीय वा पेशागत आचरण देहायकापदाधिकारीको लागि देहाय बमोजिमका निकाय वा अधिकारीले बनाउनेछः –(क) न्यायधीशका लागि न्याय परिषद्ले
(ख) संवैधानिक निकायका पदाधिकारी तथा त्यस्तो निकायका कर्मचारीका लागिसम्बन्धित संवैधानिक निकायल
(ग) निजामती सेवाका कर्मचारीका लागि नेपाल सरकार, मन्त्रिपरिषद्ले
(घ) अदालतमा कार्यरत निजामती कर्मचारीका लागि सर्वोच्च अदालतले,
(ङ) सरकारी वकिल तथा सरकारी वकिलको कार्यालयमा कार्यरत कर्मचारीका लागि
महान्यायाधिवक्ताले
(च) प्रचलित कानून बमोजिम गठन भएका सङ्गठित संस्थाका प्रमुखका लागि सम्बन्धितमन्त्रालयले र अन्य कर्मचारीका लागि सम्बन्धित सङ्गठित संस्थाले
(छ)सङ्घीय–संसद सिचवालयका कर्मचारीका लागि सङ्घीय-संसद सचिवालयसञ्चालन तथा व्यवस्थापन समितिले
(ज) माथिका खण्डहरुमा लेखिए देखि बाहेक अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिको
लागि तोकिएको अधिकारीले ।
(३) उपदफा (२) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनैमन्त्रालय वा केन्द्रीय निकाय वा सो अन्तर्गतका निकायमा बहाल रहेका कर्मचारीलेपालना गर्नु पर्ने कर्तव्यको प्रकृतिलाई विचार गरी त्यस्ता कर्मचारीले पालना गर्नु पर्ने
पदीय वा पेशागत आचरण त्यस्तो मन्त्रालय वा केन्द्रीय निकायले नै बनाउन सक्नेगरी नेपाल सरकारले अख्तियारी दिन सक्नेछ ।
(४) यस दफा बमोजिम बनाएको पदीय वा पेशागत आचरण पालना गर्नुसम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ र त्यस्तो आचरण उल्लंघन गर्ने व्यक्तिलाईउल्लंघनको मात्रा अनुसार निजउपर कर्मचारी भए विभागीय कारबाही भई अभिलेखराखिनेछ र अन्य पदाधिकारी भए निजको
लागि पदीय वा पेशागत आचरण बनाउनेअधिकारीले निजको त्यस्तो अभिलेख राख्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सर्वाजनिक पदधारण गरेको व्यक्तिले आफ्नो पदीय वा पेशागत आचरण पालना नगरेको वाउल्लंघन गरेको कुनै कुरा प्रचलित कानून बमोजिम कसूर मानिने रहेछ भने सोसम्बन्धमा निजउपरकानून बमोजिम कारबाही गर्न बाधा पर्नेे छैन ।